सिद्धार्थ बैकद्वारा वितिय साक्षरता कार्यक्रम आयोजना

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 210
पढ्न लाग्ने समय : 1 मिनेट

 

९ चैत्र, बारा: सिद्धार्थ बैक लिमिटेड कलैयाद्वारा वितिय साक्षरता कार्यक्रमको आयोजना गरिएको छ । बाराको ब्राईट ल्याण्ड ईङ्गलिस बोर्डिङ स्कुलमा सिद्धार्थ बैक लिमिटेडले वितिय साक्षरता कार्यक्रमको आयोजना गरेको हो ।

युवाहरूमा वितिय शिक्षाको महत्व बारे जागरूक गर्ने सोचले वार्षिक रुपमा मनाईने अभियान रहेको सिद्धार्थ बैकका शाखा अधिकृत मनमोहन साहले जानकारी गराएका छन् । सन २०१२ देखि हरेक मार्च महिनामा ओईसिडीको संयोजनमा विश्वको धेरै मुलुकमा मनाउने गरेको उनले बताए ।

युवाहरूलाई वितिय ग्यान, सिप र मनोवृत्तिका साथै व्यवहारिक रूपमा सक्षम बनाउदै विवेकशील वितिय निर्णय गर्न अभिप्रेरित गर्दै आर्थिक संम्वृद्वि सघन पुर्याउन हिसाबले सो सप्ताह मनाउदै आएको शाखा अधिकृत साहले बताएका छन् ।

कक्षा ८, ९, १० का विधार्थी तथा शिक्षकहरूलाई वितिय साक्षरता बारे सचेत गराएको सिदार्थ बैककी अनामीका श्रीवास्तवले जानकारी गराईन । सन २०१२ देखि मनाउन शुरू गरिएको सप्ताहमा १ सय ७५ वटा राष्ट्रका ४ करोड बालबालिका तथा युवा माझ पुगिसकेको जानकारी गराईन ।

कार्यक्रममा बैक शाखा अधिकृत मनमोहन साह, संजय जैयसवाल, पिकी कुमारी, अनामिका श्रीवास्तव, स्कुलको विधार्थीहरूको सहभागिता रहेको थियो ।