११ चैत्र, बारा: बारामा प्रहरीले लागु औषध गाँजा सहित गाँजा च्यापने मेशीन बरामद गरेको छ ।
अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटेको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा निजगढ नगरपालिका-१२ स्थित एउटा फुसको घरबाट १० किलो गाँजा र गाँजा च्याप्ने मेशीन बरामद गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो । बरामद गरिएको गाँजा प्रहरी नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
बारामा प्रहरीद्वारा गाँजा सहित च्यापने मेशीन बरामद
