काठमाडौँ, फागुन १६, २०८२ (शनिबार)
इरानमाथि अमेरिका र इजरायलले गरेको भनिएको आक्रमणमा वरिष्ठ इरानी राजनीतिक तथा सैन्य अधिकारी मारिएको दाबी गरिएका समाचारलाई इरानले अस्वीकार गरेको छ।
इरानी राष्ट्रपति का कार्यकारी उपप्रमुख मोहम्मद जफर काएम्पनाहले सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति सुरक्षित रहेको बताएका छन्।
का अनुसार राष्ट्रपतिका छोरा युसुफ पेजेस्कियनले टेलिग्राममा “यसपटक उहाँमाथिको हत्या प्रयास सफल भएन” भन्ने सन्देश लेखेका छन्।
यसैबीच इरानी सेनाले आफ्ना कमान्डर मेजर जनरल अमिर हतामीको मृत्यु भएको खबरलाई पनि अस्वीकार गरेको छ।
राज्यसम्बद्ध ले संसदका सभामुख मोहम्मद बगेर गालिबाफ र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारीजानी सुरक्षित रहेको जनाएको छ।
यसअघि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले इजरायल–अमेरिकी आक्रमणमा इरानका उच्च अधिकारीहरू मारिएको दाबी गरेका थिए। तर इरानले ती दाबीहरूलाई “भ्रामक र असत्य” भन्दै खण्डन गरेको छ।

