काठमाडौं-२८ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेलले देश असहज, जटिल र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको बेला संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै आगामी निर्वाचनलाई सफल बनाउन सबैलाई आह्वान गरेका छन्।
राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भइसकेपछि लोकतन्त्र अझ सबल हुने विश्वास व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आउँदो २०८२ फागुन २१ गते हुने निर्वाचनमा जनताले आफ्नो बहुमुल्य अधिकार प्रयोग गरी लोकतन्त्रलाई मजबुत बनाउन योगदान दिने विश्वास व्यक्त गर्दै सबै सरोकारवालालाई निर्वाचन सफल पार्न सहयोग गर्न आग्रह गरेका छन्।


