काठमाडौं, फागुन १७, २०८२ (आइतबार)
श्रीलंकामाथि रोमाञ्चक जित निकाले पनि पाकिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनल पुग्न असफल भएको छ।
पल्लेकेलेमा शनिबार भएको सुपर–८ अन्तर्गतको खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको थियो। तर समूहको समग्र अंकस्थितिमा पछि परेपछि पाकिस्तान प्रतियोगिताबाट बाहिरिएको हो।
पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर २१२ रनको उच्च योगफल बनाएको थियो। पाकिस्तानका शाहिबजादा फरहानले १०० रनको शतकीय इनिङ्स खेले भने फखर जमानले ८४ रनको योगदान दिए। श्रीलंकाका दिनेश मदुशंका ३ विकेट लिएर सफल बलर बने।
२१३ रनको लक्ष्य पछ्याएको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो। कप्तान दसुन शनाकाले अविजित ७६ रन तथा पवन रथनायकेले ५८ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। पाकिस्तानका अब्रार अहमदले ३ विकेट लिए।
यस नतिजासँगै समूह–२ बाट र सेमिफाइनलमा पुगेका छन्। समूह–१ बाट अन्तिम चारमा स्थान बनाइसकेको छ।
टी–२० विश्वकपमा आज सुपर–८ चरणका अन्तिम दुई खेल हुँदैछन्। पहिलो खेलमा जिम्बावे र दक्षिण अफ्रिका तथा दोस्रो खेलमा भारत र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। भारत–वेस्ट इन्डिज खेलको विजेता टोली सेमिफाइनलमा पुग्ने अन्तिम टोली बन्नेछ।

