लुम्बिनीमाथि एपीएफ ७ विकेटले विजयी

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 66
पढ्न लाग्ने समय : 1 मिनेट

एपीएफ क्लबले जारी पीएम कपमा तेस्रो जित हासिल गरेको छ।

बिहीबार भैरहवामा सम्पन्न खेलमा एपीएफले लुम्बिनी प्रदेशलाई ७ विकेटले पराजित गरेको हो। लुम्बिनी प्रदेशले दिएको १३४ रनको लक्ष्य पछाएको एपीएफले २२.१ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले ४१ ओभरमा अल आउट हुँदै १३३ रन बनाएको थियो। यो जितपछि एपीएफको ६ खेलमा ६ अंक भएको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ। त्यस्तै लुम्बिनी प्रदेशले भने चौथो हार बेहोरेको छ । ५ खेलमा २ अंकसहित लुम्बिनी नवौं स्थानमा रहेको छ।

अब एपीएफले अर्को खेल शनिबार मुलपानीमा गण्डकी प्रदेशसँग खेल्ने छ। त्यस्तै लुम्बिनी प्रदेशले शनिबार नै टियु मैदानमा बागमती प्रदेशसँग खेल्ने छ।

ट्याग्स : ,