बाराको सितलपुरमा मुआमाई मेलाको उदघाटन

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 228
पढ्न लाग्ने समय : 1 मिनेट

३ कार्तिक, बारा : बाराको कलैया उपमहानगर पालिका वडा नम्बर-१२ सितलपुरमा आज मुआमाइको मेलाको उदघाटन गरिएको छ ।
मेलाको एक कार्यक्रमका बीच पुर्व मेयर राजेश राय यादवले उदघाटन गरेका छन ।

श्रीमुआ माई मेला समिति कलैया उपमहानगरपालिका वडा ११ र १२ सितलपुर , विशम्भरपुरको आयोजनामा लागेको तीन दिने मेलाको पुर्व मेयर यादवले उदघाटन गरेका हुन ।

मेला समितिका अध्यक्ष राधा प्रसाद यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कलैया उपमहानगरपालिका ११ का वडाध्यक्ष अजय कुमार कुशवाहा, वडा १२ का वडाध्यक्ष लालबाबु मण्डल र वडा १३ का वडाध्यक्ष राजेश मेहता, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी, नेपाल तरूण दलका अध्यक्ष दिपेन्द्र पटेल लगायतले सम्बोधन गर्दै सहोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।

मेला कमिटीका दिनेश मण्डल , रामबालक यादव , हुलासी प्रसाद यादव , अफताब आलम लगायत स्थानिय राजनिति दलको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन श्रीनेपाल राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक मुकेशचन्द्र कुशवाहाले गरेका थिए ।