२२ फागुन,काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) भारी मतान्तरसहित विजयी नजिक पुगेकी छन्।
हालसम्मको मतगणना अनुसार न्यौपानेले १४ हजार ४ सय ९१ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रबल थापाले ६ हजार ७ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार रविन्द्र मिश्रले ३ हजार ७ सय २५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहन रेग्मीले १ हजार ४ सय ६१ मत पाएका छन्।
मतगणना अन्तिम चरणमा पुगेकाले अबको करिब एक घण्टाभित्र अन्तिम परिणाम सार्वजनिक हुने मुख्य निर्वाचन अधिकृत चुरामणि खड्काले जानकारी दिएका छन्। औपचारिक घोषणा भने केहीबेरमा हुने बताइएको छ।

