सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, प्रहरीद्वारा हस्तक्षेप

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं-२९ भदौ ।
‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनकै क्रममा हातपात भएको छ।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीबीच भएको विवादपछि गुरुङमाथि धकेलाधकेल र हातपात भएको हो। घटनास्थलमा प्रहरी पुगेपछि अवस्था केही नियन्त्रणमा आएको बताइएको छ।
स्रोतका अनुसार पत्रकारहरूले संस्थाभित्रको नेतृत्व परिवर्तनबारे प्रश्न गर्दा विवाद चर्किएको हो। एक पत्रकारले “७० वर्षका ‘बा’लाई हटाएर ७३ वर्षकी ‘आमा’लाई ल्याएर परिवर्तन कसरी भयो ?” भन्ने प्रश्न गरेका थिए। सो प्रश्नप्रति आक्रोशित हुँदै गुरुङले तीव्र प्रतिक्रिया जनाएपछि वातावरण तनावग्रस्त बनेको हो।
प्रहरीले गुरुङलाई उनका केही समर्थकसहित सम्मेलन हलको एक कुनामा राखेको थियो। सो क्रममा पत्रकार सम्मेलन अवरुद्ध हुन पुगेको र केही समयपछि मात्र स्थिति सामान्य भएको सहभागीहरूले बताएका छन्।

Leave a Comment