२४ फागुन २०८२, आइतबार | काठमाडौं-प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १० लाखभन्दा बढी मत प्राप्त गरेको छ।
हालसम्म करिब १९ लाख ७९ हजार १८१ मत गणना हुँदा रास्वपाले १० लाख १६ हजार ६७७ मत प्राप्त गर्दै स्पष्ट अग्रता कायम गरेको हो।
यसैगरी नेपाली कांग्रेसले ३ लाख ३७ हजार ७३२ मत प्राप्त गरेको छ भने नेकपा एमालेले २ लाख ६९ हजार ७० मत पाएको छ। त्यस्तै नेकपाले १ लाख १८ हजार ९२० मत प्राप्त गरेको छ।
अन्य दलतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ७३ हजार १८१ मत पाएको छ। श्रम संस्कृति पार्टीले ४२ हजार ७८७, राष्ट्रिय परिवर्तन पार्टीले २३ हजार ६२४, जनता समाजवादी पार्टी नेपालले १३ हजार ६८९ मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल मजदुर किसान पार्टीले ९ हजार ७५८, राष्ट्रिय मुक्ति पार्टी नेपालले ९ हजार १२१, जनमत पार्टीले ८ हजार ६०३ मत पाएका छन्। नेपाली कम्युनिस्ट पार्टीले ५ हजार ८८४, राष्ट्रिय जनमोर्चाले ५ हजार ५५० र राष्ट्र निर्माण दल नेपालले ५ हजार ५२५ मत प्राप्त गरेका छन्।
समानुपातिकतर्फको मतगणना अझै जारी रहेकाले अन्तिम परिणाम आउन केही समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।

