सुनसरी–१ बाट हर्कराज साम्पाङ विजयी

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

२४ फागुन, काठमाडौं । सुनसरी निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै चुनाव जितेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन्। साम्पाङले तामाङलाई ८ हजार ४९२ मतान्तरले पराजित गरेका हुन्।

सुनसरी–१ मा प्राप्त यस जितसँगै श्रम संस्कृति पार्टीले प्रतिनिधिसभामा आफ्नो उपस्थिति बलियो बनाएको छ। यसअघि सोही पार्टीका आरेन राई खोटाङ–१ बाट निर्वाचित भइसकेका छन्।

यस्तै, भोजपुर–१ मा भइरहेको मतगणनामा पनि श्रम संस्कृति पार्टीका ध्रुवराज राईले प्रारम्भिक चरणमा अग्रता लिएको बताइएको छ।

Leave a Comment