शनिबार, ३० फागुन २०८२, काठमाडौं — मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतारमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्कनका लागि आवेदन दिन आग्रह गरिएको छ।
दोहास्थित नेपाली दूतावासले शनिबार सूचना जारी गर्दै नेपाल फर्कन इच्छुक नेपालीलाई ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अनुरोध गरेको हो।
दूतावासका अनुसार कतार आइडी भएका नेपालीहरूले साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्कनका लागि आवेदन दिन सक्नेछन्। आवश्यक प्रक्रिया पूरा गरेर यात्रा व्यवस्था मिलाउन दूतावासले आग्रह गरेको छ।
थप जानकारीका लागि इच्छुक व्यक्तिले ५०६६०६२२ नम्बरमा सम्पर्क गर्न सक्ने दूतावासले जनाएको छ।

