मातातीर्थ औँसीमा प्रधानमन्त्री बालेनको सन्देश : ‘नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं । मातातीर्थ औँसीको अवसरमा बालेन शाह ले सम्पूर्ण आमाप्रति सम्मान व्यक्त गर्दै विशेष शुभकामना दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश दिँदै उनले आमा र मातृभूमिको महत्व उच्च रहेको उल्लेख गरेका छन्। “माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्,” उनले लेखेका छन्।
उनले भावुक शैलीमा “हे जननी ! म नेपाल आमा हाँसेको हेर्न चाहन्छु” भन्ने अभिव्यक्ति दिएका छन्, जसले मातृभूमिप्रतिको प्रेम र समर्पण झल्काउँछ।
आमाको महत्वलाई जीवनको पहिलो गुरु र ममताको स्रोतका रूपमा चित्रण गर्दै उनले सबै आमाहरूको सधैं उज्यालो मुहार रहने कामना गरेका छन्। साथै, सन्तानले गर्ने कामप्रति आमाले गर्व गर्न सकून् भन्ने अपेक्षा पनि व्यक्त गरेका छन्।
उनले आमालाई खुशी राख्न र सम्मान गर्न सबैलाई आग्रह गर्दै मातातीर्थ औँसीले आमा र सन्तानबीचको सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

Leave a Comment