बारामा रास्वपालाई समानुपातिकतर्फ १ लाख ७६ हजार मत

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

बारा, २५ फागुन २०८२। प्रतिनिधिसभा निर्वाचनमा (रास्वपा) ले बारा जिल्लामा समानुपातिकतर्फ करिब पौने दुई लाख मत प्राप्त गरेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार रास्वपाले १ लाख ७६ हजार ६७ मत प्राप्त गरेको हो।

अन्तर्गत जिल्ला निर्वाचन कार्यालयका प्रमुख नवीन चौधरीका अनुसार रास्वपाले चारै निर्वाचन क्षेत्रमा उल्लेख्य मत ल्याएको छ। विवरणअनुसार बारा–१ मा ४२ हजार १७१, बारा–२ मा ३९ हजार ६१९, बारा–३ मा ४३ हजार ८५६बारा–४ मा ५० हजार ४२१ मत रास्वपाले प्राप्त गरेको छ।

प्रत्यक्षतर्फ पनि रास्वपाले बारा जिल्लाका चारै निर्वाचन क्षेत्र जितेको छ। बारा–१ बाट गणेश धिमाल ३९ हजार ९९८ मतसहित विजयी भएका छन्। बारा–२ मा चन्दन सिंह ३५ हजार ५९० मतसहित निर्वाचित भए। त्यस्तै बारा–३ मा अरविन्द सिंह ४० हजार ६९७ मत र बारा–४ मा रहवर अन्सारी ४१ हजार २०० मतसहित विजयी भएका हुन्।

समानुपातिकतर्फ भने दोस्रो स्थानमा रहेको छ। कांग्रेसले जिल्लाभरि ३५ हजार ८३५ मत प्राप्त गरेको छ। त्यसैगरी ले ३० हजार ३५० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।

यस्तै ले २४ हजार ३२४ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।

Leave a Comment