१ फगुन, कोल्हबी: बाराको कोल्हबीमा एकजना नेपाल प्रहरीका घुमुवाले आर्थिक आतंक मचाएका छन ।
ईलाका प्रहरी कार्यालय कोल्हबीले घुमुवाका रूपमा खटाएका प्रहरी हवल्दार बच्चालाल यादवले आर्थिक आतंक मच्चाएको स्थानीयबासीले आरोप लगाएका छन ।
ईलाका प्रहरी कार्यालय कोल्हबीका प्रमुख प्रहरी निरीक्षक किसन बस्नेतको बिश्वासिलो पात्रको रूपमा घुमुवाको रूपमा प्रहरी हवलदार यादव परिचालित भएका छन ।
प्रहरी हवल्दार यादवले सूचना संकलनको बहानामा आर्थिक संकलनमा व्यस्त रहने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।
प्रहरी हवल्दार यादवले अवैध रुपमा संचालित रक्सी भट्टी, काठ तस्कर, गाँजाका व्यापारी, भारतबाट सरसमान तस्करी गर्नेहरुसंग रकम लिने गरेको प्रहरी स्रोतले दाबी गरेको छ ।
स्थानीय एक रक्सी भट्टीका संचालिकाका अनुसार प्रहरी हवल्दार यादवले महिनावारी रकम नदिए भट्टी फुटाएर समानहरु नियन्त्रणमा लिई मुद्दा चलाउने धम्की दिएर पैसा लिने गरेका छन ।
प्रहरी हवल्दार यादवले प्रसौना,कोल्हबी,सपही, जुगवा लगायतका ठाउँमा संचालित अवैध रक्सी भट्टीहरुसंग महिनावारी रकम लिने गरेका छन ।
प्रहरी हवल्दार यादवले भारतको घोडासाहनबाट कोल्हबी र निजगढ अवैध रुपमा समान ओसार्ने विनोद, निकेशर,राजु,आर्यन, राकेश, पप्पु,राजन, सुर्या लगायतकाहरुसंग महिनाको तीन हजार देखि सात हजार सम्म लिने गरेको एक व्यापारीले बताए ।
यादवले प्रहरी निरीक्षक बस्नेतको नाममा केही क्रसरहरुसँग समेत रकम लिने गरेका छन ।
करिब दस दिन अगाडि भारतबाट फुल र माछाको तस्करी गर्ने एकजना व्यापारीसंग प्रहरी हवल्दार यादवले प्रहरी निरीक्षक बस्नेतसंग भेट गराएर महिनावारी रकम लिएका छन ।
प्रहरी निरीक्षक बस्नेतले यादव सूचना संकलनकालागी सादा पोशाकमा खटेको स्वीकारगर्दै कोही कसैसँग रकम नलिएको दाबी गरे ।