पराजयपछि गगन थापाको राजीनामा संकेत, विश्वप्रकाश शर्माले नदिन सुझाए

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, २५ फागुन २०८२। नेपाली काग्रेसका सभापति गगन थापाले पार्टीले अपेक्षित चुनावी परिणाम हासिल गर्न नसकेपछि सभापति पदबाट राजीनामा दिने संकेत गरेका छन्।

सभापति थापाले सोमबार साँझ उपसभापति सँगको भेटमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिँदै पद त्याग गर्ने मनस्थिति व्यक्त गरेका हुन्। नयाँ बानेश्वरमा भएको भेटवार्तामा थापाले पार्टीको हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै राजीनामा दिनु उचित हुने धारणा राखेका थिए।

छलफलका क्रममा थापाले “पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, त्यसैले म राजीनामा दिन्छु” भन्ने धारणा व्यक्त गरेको उपसभापति शर्माको सचिवालयले जनाएको छ।

तर उपसभापति बिश्वप्रकाश शर्माले भने सभापतिलाई तत्काल राजीनामा नदिन सुझाव दिएका छन्। उनका अनुसार चुनावी परिणामलाई केवल एक व्यक्तिको कमजोरीका रूपमा नभई समग्र राजनीतिक परिस्थिति र तयारीसँग जोडेर बुझ्नुपर्ने हुन्छ।

शर्माले पार्टीको नयाँ कार्यसमिति गठन भएको केही दिनमै उम्मेदवारी दर्ता भएको र करिब ५० दिनभित्रै निर्वाचन सम्पन्न भएको अवस्थामा आएको परिणामलाई ध्यानमा राख्नुपर्ने बताए। यस्तो परिस्थितिमा तत्काल राजीनामा दिनुभन्दा पार्टीभित्र गहिरो समीक्षा गरेर आगामी रणनीति तय गर्नुपर्ने उनको धारणा रहेको छ।

Leave a Comment