मिलन दैनिकले बार्षिकोत्सव मनायो

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 103
पढ्न लाग्ने समय : 1 मिनेट

११ साउनं कलैया: बारा जिल्ला बाट प्रकाशित मिलन राष्ट्रिय दैनिकको छैठौं बार्षिक समारोह कार्यक्रम कलैयामा आज सम्पन्न भएको छ ।

नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष एवं वरिष्ठ पत्रकार सत्य प्रकाश श्रेष्ठले छैठौं बार्षिक समारोहलाई उदघाटन गर्दै जनतालाई सुसूचित हुने खालको समाचार संचार माध्यममा ल्याउनु पत्रकारिताको मुल धर्म रहेको बताए ।

देशमातथा सुशासन कायम गर्न जनता एवं राष्ट्र सेवक कर्मचारी लाई खबरदारी गर्ने संचार जगत लाई स्वतन्त्र बनाउनु पर्नेमा श्रेष्ठले जोड दिए ।

नेपाल पत्रकार महासंघ बाराको उपाध्यक्ष रामबाबु मेहताले स्थानीय तहले बाराको संचार माध्यमलाई प्राथमिकतामा राखेर बाराको पत्रपत्रिका लाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल प्रेस युनियनका मधेस प्रदेश सल्लाहकार सिकेन्द्र पासवानले मिलन राष्ट्रिय दैनिक पत्रीका आउने दिनमा अझ स्तरीय एवं जनतालाई सुसूचित हुने सामग्री सम्प्रेषण गर्नु पर्ने धारणा राखे ।

मिलन राष्ट्रिय दैनिकको प्रकाशक बृजमोहन कुशवहाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराको पुर्व उपाध्यक्ष राकेश पाण्डे , पुर्व सचिव जयनारायण यादव , वरिष्ठ पत्रकार रमेश सुवेदी, नेपाल प्रेस युनियन मधेस प्रदेशका सदस्य संजीव मिश्रा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन मिलन राष्ट्रिय दैनिकको कार्यकारी सम्पादक नरेश गुप्ताले गरेका थिए ।