रवि लामिछाने र बालेन्द्र शाहलाई नरेन्द्र मोदीको फोन, शानदार जितका लागि बधाई

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौँ, फागुन २५ — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त शानदार जितका लागि बधाई दिएका छन्।

मोदीले सामाजिक सञ्जालमार्फत आफूले दुवै नेतासँग फोनमा कुराकानी गरेको जानकारी दिएका हुन्। उनले नेपालको आगामी सरकार सफल होस् भन्ने शुभकामना व्यक्त गर्दै नेपाल–भारतबीचको सहकार्य अझ मजबुत बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

मोदीले आफ्नो सन्देशमा नेपाल र भारतबीचको मित्रता, समृद्धि र विकासका लागि भारत सधैँ सहकार्य गर्न तयार रहेको उल्लेख गरेका छन्। साथै, संयुक्त प्रयासमार्फत आगामी दिनमा दुई देशबीचको सम्बन्ध अझ नयाँ उचाइमा पुग्ने विश्वास समेत व्यक्त गरेका छन्।

हालै सम्पन्न निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हासिल गरेपछि विभिन्न देशका नेताहरूबाट बधाई आउने क्रम जारी रहेको छ।

Leave a Comment