बाराको सुवर्ण गाउँपालिकामा ऎनकानुनलाई धोती लगाउँदै भ्रष्टाचार बढदो

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 87
पढ्न लाग्ने समय : 1 मिनेट

२४ फागुन,बारा: भारतको बिहारसंग सिमाना जोडिएको बाराको सुवर्ण गाउँपालिकाको काम कार्बाहीपनी बिहारी शैलीमै हुने गरेको आरोप लाग्न थालेको छ ।
गाउँपालिका अध्यक्ष राजेश प्रसाद यादव र प्रमुख प्रशासकीय सुजित कुमार यादवले ऎनकानुनलाई धोती लगाउँदै आफुखुशी पालिकाको बजेट खर्च गरेर भ्रष्टाचार गर्ने स्थानीयले आरोप लगाएका छन ।
पालिका अध्यक्ष यादवले भ्रस्टाचारलाई ढाकछोप गर्नकैलागी स्वास्थ्य सेवाका कर्मचारीलाई निमित्त हाकिम बनाएर कामकाज गराउँदै आएका छन ।
महालेखा नियन्त्रकको कार्यालयले पनि सुवर्ण गाउँपालिकामा भ्रष्टाचार हुने गरेको आफ्नो आर्थिक रिपोर्टमा दाबी गरेको छ ।
पालिकाले सवारी विभिन्न जिन्सी समानको खरिद, कर्मचारीको भत्ता, इन्धन आदि शीर्षकमा भ्रष्टाचार गर्ने गरेको महालेखा नियन्त्रकको रिपोर्टमा उल्लेख छ ।
पालिकाले सामाजिक बिकास शीर्षकमा ठुलो रकम छुटयाएर कागज मिलाएर पालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले भ्रष्टाचार गर्ने गरेको पालिका स्रोतले दाबी गरेको छ ।
पालिकाले खरिद नियमावली समेत नबनाई ऎन विपरीत विभिन्न समान खरिदगरि अनियमितता गरेको समेत रिपोर्टले देखाएको छ ।
पालिका अध्यक्ष यादवले स्थानीय तह संचालन ऎन उल्लंघन गरेर पालिका संचालन गतिरहेको आरोप स्थानीयले लगाउँदै आएका छन ।
पालिका अध्यक्ष यादव र निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले अनियमितता बारे प्रतिक्रिया दिन सम्पर्कमा आउन चाहेनन ।

Leave a comment