समानुपातिकतर्फ मतगणना जारी : रास्वपा पहिलो, कांग्रेस र एमाले पछि

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 2 मिनेट

काठमाडौं, २६ फागुन २०८२।
प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ मतगणना जारी रहँदा हालसम्म १ करोडभन्दा बढी मत गणना सम्पन्न भएको छ। निर्वाचन आयोग का अनुसार अहिलेसम्म १ करोड ४ लाख ७७ हजार ९४३ मत गणना भइसकेको छ।
हालसम्म प्राप्त नतिजाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी सबैभन्दा अगाडि देखिएको छ। रास्वपाले ५० लाख २९ हजार ८७४ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस ले १७ लाख २ हजार २१ मत पाएको छ भने तेस्रो स्थानमा रहेको नेकपा एमाले ले १४ लाख १७ हजार ६०६ मत ल्याएको छ।
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी ले ७ लाख ७२ हजार ३२३ मत प्राप्त गरेको छ।
श्रम संस्कृति पार्टी ले ३ लाख ५९ हजार २५५ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३ लाख २६ हजारभन्दा बढी मत पाएको छ।
अन्य दलहरूको मत
मतगणनाको पछिल्लो विवरणअनुसार अन्य दलहरूले पनि विभिन्न संख्यामा मत प्राप्त गरेका छन्।
जनता समाजवादी पार्टी नेपाल – १,७२,९१६
राष्ट्रिय परिवर्तन पार्टी – १,६६,६६२
जनमत पार्टी – ७७,८२२
नेपाल मजदुर किसान पार्टी – ४२,०१०
राष्ट्रिय जनमोर्चा – २९,३०८
मंगोल नेशनल अर्गनाइजेशन – १९,९४९
त्यसैगरी अन्य दर्जनौँ साना दल र स्वतन्त्र समूहले पनि केही हजारदेखि केही सय मतसम्म प्राप्त गरेका छन्।
अन्तिम परिणाम आउन अझै समय
मतगणना जारी रहेकाले समानुपातिकतर्फको अन्तिम नतिजा आउन अझै केही समय लाग्ने निर्वाचन आयोग ले जनाएको छ।
हालसम्मको प्रवृत्तिअनुसार भने यसपटकको चुनावमा नयाँ दलहरूको प्रभाव उल्लेखनीय रूपमा बढेको देखिएको छ

Leave a Comment