कलैयाका युवाहरु द्वार दिप प्रज्वलन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

भदौ, बारा । जेनजी आन्दोलनमा सहिद भएकाको सम्झनामा बाराको सदरमुकाम कलैयामा युवाहरुले दिप प्रज्वलन गरी श्रद्धाञ्जली कार्यक्रम गरेका छन्।

कार्यक्रममा उपस्थित युवाहरुले आन्दोलनका क्रममा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सहिदका बलिदान व्यर्थ नजानुपर्ने बताएका छन्। उनीहरूले आन्दोलनका माग पूरा गर्न राज्यलाई दबाब दिने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

श्रद्धाञ्जली कार्यक्रममा स्थानीय युवासँगै नागरिक समाज, राजनीतिक दलका कार्यकर्ता र सर्वसाधारणको सहभागिता थियो। दीप प्रज्वलनमार्फत सहिदलाई सम्झनुका साथै न्याय र परिवर्तनको यात्रामा निरन्तर संघर्ष गरिरहने संकल्प लिइएको आयोजकले बताएका छन्।

Leave a Comment