२६ फागुन २०८२, काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता (बालेन) ले नेपाल–भारत सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ र परिणाममुखी बनाउन सहकार्य गर्ने विश्वास व्यक्त गरेका छन्।
भारतीय प्रधानमन्त्री ले हालै भएको निर्वाचनमा रास्वपाको सफलतापछि बालेन र पार्टी सभापति लाई टेलिफोनमार्फत बधाई दिएका थिए। त्यसबारे मोदीले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गरेका थिए।
मोदीको सो पोस्टमा प्रतिक्रिया जनाउँदै बालेनले धन्यवाद व्यक्त गर्दै नेपाल र भारतबीचको ऐतिहासिक तथा बहुआयामिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
बालेनले लेखेका छन्,
“शुभकामनाका लागि धन्यवाद, सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू। नेपाल–भारतबीच विद्यमान ऐतिहासिक, घनिष्ठ तथा बहुआयामिक सम्बन्धलाई आगामी दिनमा अझ सुदृढ, प्रगाढ र परिणाममुखी बनाउन हामी सहकार्य गर्ने विश्वास व्यक्त गर्दछु।”
उनले भारतले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दुई पटक विश्वकप जितेको उपलब्धिका लागि भारत सरकार र भारतीय जनतालाई पनि बधाई दिएका छन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा रास्वपाले उल्लेखनीय सफलता हासिल गरेपछि छिमेकी मुलुकका नेताहरूबाट पनि बधाई सन्देश आउने क्रम जारी छ।






