काठमाडौं-९ असोज ।
प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छिन् । प्रधानमन्त्री कार्यालयले दिएको जानकारीअनुसार सम्बोधन आज साँझ ६ बजे हुनेछ ।
सम्बोधनको सम्पूर्ण समन्वय सूचना, सञ्चार तथा प्रविधि मन्त्रालयमार्फत गरिएको छ ।
गत २३ र २४ भदौमा जेनजीहरूले गरेको प्रदर्शनको दबाबमा कार्की २७ भदौमा प्रधानमन्त्री नियुक्त भएकी थिइन् । नियुक्तिपछि पहिलोपटक उनी राष्ट्रलाई सम्बोधन गर्न लागेकी हुन् ।
उनको नेतृत्वमा बनेको सरकारले प्रतिनिधिसभा विघटन गरेर राजनीतिक संक्रमणकालीन अवस्थामा काम गरिरहेको छ । आजको सम्बोधनमा उनले आगामी राजनीतिक दिशा–निर्देशन र सरकारका प्राथमिकताबारे धारणा राख्ने अपेक्षा गरिएको छ ।

