काठमाडौँ, २७ फागुन २०८२
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका ५४१ जना उम्मेदवारले १० मत पनि प्राप्त गर्न सकेनन्। निर्वाचन ऐनअनुसार उम्मेदवारी दर्ता गर्दा राख्नुपर्ने १० हजार रुपैयाँ धरौटी उनीहरूको जफत भएको छ।
निर्वाचन ऐनको दफा ६४ अनुसार ‘पहिलो हुने निर्वाचित हुने’ प्रणालीमा कुल सदर मतको १० प्रतिशतभन्दा कम मत ल्याउने उम्मेदवारको धरौटी जफत हुने व्यवस्था छ। यसपटक धेरै स्वतन्त्र उम्मेदवार अत्यन्तै न्यून मतमा सीमित भएका छन्।
कोशी प्रदेश
कोशी प्रदेशमा झापा–२ का रमेशकुमार कार्की, झापा–५ का मातृका भट्टराई र प्रकाश नेपाल, मोरङ–५ का सूर्यनारायण ठाकुर र जयनारायण शर्मा १० मत पनि ल्याउन सकेनन्।
सुनसरीका विभिन्न क्षेत्रमा ओमकृष्ण उदास, डम्बर बराइली, भीम दाहाल, रोसनी राई, श्याम मुडियारी, सुमनी चौधरी, राजन गौतम, फुली खान र बुधेश्वर यादव पनि १० मत कटाउन सकेनन्।
मधेश प्रदेश
सबैभन्दा धेरै कम मत पाउने उम्मेदवार मधेश प्रदेशमा रहेका छन्, जहाँ २६३ उम्मेदवारले १० भन्दा कम मत पाएका छन्।
सप्तरीमा लेखनाथ ठाकुर, रामी खङ, प्रेम यादव, सुशीला साह, साधना दास, सञ्जय चौधरी, अभिनाष सिंह, प्रभुनारायण चौधरी, रजियादेवी सदा र ओमप्रकाश विश्वकर्मा छन्।
सिराहामा दिनेश पासमान, रामचन्दर यादव, आशिषलाल दास, जुगाई मण्डल, इन्द्रदेव महतो, नागेन्द्र यादव, नन्दसाफी धोवी, बालेश्वर दास, रामदेव ठाकुर लगायत धेरै उम्मेदवार १० मत पनि ल्याउन सकेनन्।
धनुषामा जितन राय अमात, औती विश्वकर्मा, बालकृष्ण यादव, रामप्रीत दास तत्मा, विजयकुमार यादव, सुदिश मण्डल, मनमोहन प्रसाद यादव, रमेश्वर साहु सुडी, किरण पासमान, पवन यादव, लालेश्वर यादव लगायत उम्मेदवार दोहोरो अंकको मत पनि पाउन सकेनन्।
बारा
बाराका चारै निर्वाचन क्षेत्रमा पनि धेरै उम्मेदवार १० मतभन्दा कममा सीमित भएका छन्।
बारा–१ मा रोशन उप्रेती छन्।
बारा–२ मा दिनेश यादव, मुरलीमनोहर साह, अमरेश पाण्डे, जालन्दर महतो, मुकेश कुशवाहा, अनिता, नगिना देवी, प्रयाग चौधरी, छोटेलाल साह र जालमहमद अन्सारी छन्।
बारा–३ मा चन्द्रप्रकाश सुवेदी, लालमुकेश ठाकुर, सुनिल पासवान, उमरावती देवी साह र सुरेश शर्मा सुवेदी रहेका छन्।
बारा–४ मा बैधनाथ साह, दीपक सिंह चौधरी, नसिमा खातुन, शम्भु यादव, उषा बुढाथोकी (प्रसाई), भेखनारायण साह तेली, विमला खतिवडा, मुकेश रौनियार, सन्दीप यादव, मोहन चौलागाई, पूर्ण पन्थ र मंगेश्वर पटेल रहेका छन्।
पर्सा
पर्साका विभिन्न क्षेत्रमा पुकार थापा, नरेश यादव, शिव कोइरी, अनिल यादव, अभिनाष चौरसिया, किशोरी यादव, मनोज साह कानु, महेश महतो धानुक, रामनरेश चौरसिया, रोशन अहिर लगायत उम्मेदवारले अत्यन्तै कम मत पाएका छन्।
अन्य प्रदेश
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा पनि धेरै उम्मेदवार १० मतभन्दा कममा सीमित भएका छन्। काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत र कैलालीका केही निर्वाचन क्षेत्रमा पनि यस्तो अवस्था देखिएको छ।
निर्वाचन विश्लेषकहरूका अनुसार पर्याप्त जनाधार, संगठन र चुनावी तयारी बिना उम्मेदवारी दिँदा यस्तो परिणाम आएको हो। यसले लोकप्रियता र संगठनबिना चुनाव जित्न निकै कठिन हुने सन्देश दिएको विश्लेषण गरिएको छ।

