६ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २४ – सरकारले विभिन्न देशमा कार्यरत ६ जना नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सो निर्णयबारे परराष्ट्र मन्त्रालयले सोमबार सम्बन्धित राजदूतावासहरूलाई पत्राचार गरी जानकारी गराएको जनाएको छ।

फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, अस्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्।

उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्कन निर्देशन दिइएको छ। उनीहरू पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक भागबण्डाका आधारमा नियुक्त गरेका थिए।

यसअघि पनि सरकारले एकैपटक ११ देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यतिबेला गैरदलीय अन्तरिम सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतहरूलाई फिर्ता गर्ने निर्णय गरेको थियो।

Leave a Comment