सागर बिश्वकर्मा
१७ असार,बारा: बारा सुनचाँदी सँघ जिल्ला कार्यसमितीको आज बसेको बैठकले प्रह्लाद सर्राफको संयोजकत्वमा ८ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।
नेपाल सरकारले साउन १ गतेदेखि लागुहुनेगरी सुन र सुनका गहनामा २ प्रतिशत कर तथा हिरा जवाहरात लगायतका बहुमुल्य पत्थरमा १३ प्रतिशत कर लगाउने घोषना गरेसँगै ऊओ
नेपाल सुनचाँदी ब्यवसायी महासँघ र नेपाल सुनचाँदी रत्न आभुषण महासँघले सयुक्त रुपमा अषाढ १३ गतेदेखि अनिश्चीतकालिन ब्यवसाय बन्दको आह्वाहन गरेकोमा सो क्रममा बारा जिल्लमा बन्दको अवज्ञा हुन नदिन अनुगमन समिती गठन गरिएको सँघ बाराका अध्यक्ष शिव कुमार सर्राफले बताए ।
त्यसैगरी बैठकले आज गरेको निर्णय अनुसार जिल्ला भरीका सुनचाँदी पसल, कालीगढहरु, कटाई छिलाई, होलसेल तथा टंच गर्ने पसलहरु बिहान १० भित्रमा पसल सरसफाई तथा पुजापाठ गरी पुनः बन्द गरिसक्नुपर्ने तथा १० बजेपछि पसल खोल्नु परेमा समितीलाई जानकारी गराई पसल खोल्न र आवश्यक कार्य गरी पसल पुनः बन्द गर्नुपर्ने नियम लगाएको छ ।
सँघले गरेको नियममो उलंघन गरेको पाईएमा त्यस्ता ब्यवसायीलाई पहिलो पटक पाँच हजार एक रुपैया र दोस्रो पटकमा एघार हजार रुपैया जरिवाना तोकिएको कुरा अनुगमन समितीका सदस्य पारस सरार्फले जानकारी गराए ।
समितीको सदस्यहरुमा सतिस सर्राफ, संदीप सर्राफ, शंभु सर्राफ, बिष्णु सर्राफ, पारस सर्राफ, अमित सर्राफ र ओम प्रकाश सरार्फ रहेका छन् ।
Leave a Reply