वीरगन्ज,२८माघ:नेपालसंगै समग्र विश्वको कल्यण हेतु वीरगन्जमा आइतबारदेखि श्री सीताराम नाम संकिर्तन महायज्ञ १०८ कुञ्ज एंव ९ दिने श्री विष्णु महायज्ञ सुरु भएको छ ।
वीरगन्ज महानगरपालिका-१४ पिपरास्थित वीरगन्ज चिनी मिल परिसरमा शुरु भएको महायज्ञको उपराष्ट्रपति रामसहाय यादवले समुद्घाटन गरेका हुन् । महायज्ञको समुद्घाटन गर्दै उपराष्ट्रपति यादवले पछिल्लो समय बढ्दै गएको सामाजिक मनमुटाव, मनोमानिल्य, स्वार्थ जस्ता विकृतिलाई हटाउन महायज्ञ जस्ता धार्मिक अनुष्ठानले मदत पुरयाउने विश्वास लिएको बताए । उनले महायज्ञको आयोजनाले समाजलाई अनुशासित र चरित्रवान बनाउनका साथै सामाजिक एकतामापनि बल पु¥याउने बताए ।
महायज्ञको समुद्घाटन समारोहमा संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री रमेश रिजाले धर्मले मानिसलाई सत्यको बाटोमा हिड्न प्रेरित गर्ने बताए ।
नेपालसंगै समग्र विश्वमा शान्ति, समृद्धि र कल्याणको कामना गर्दै विष्णु महायज्ञको आयोजना गरिएको महायज्ञका संरक्षक श्री श्री १००८ श्री जगत नन्दन दास महराज(पगला बाबा)ले बताए ।
महायज्ञ मूल व्यवस्थापन समितिका अध्यक्ष एंव समाजसेवी मुरलीधर रुंगटाको अध्यक्षतामा भएको उद्घाटन समारोहलाई प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माता र संविधानसभा सदस्य अनिल रुंगटालेपनि सम्बोधन गरेकी थिइन् । त्यसअवसरमा पूर्वमन्त्री एंव जसपा नेपालका प्रमुख सचेतक प्रदीप यादव , प्रतिनिधी सभा सदस्यहरु अजय चौरसिया, प्रभु हजरा , प्रदेश सभा सदस्यहरु जनार्दन सिंह क्षेत्री , श्याम पटेल , बच्चा यादव , वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम लगायतकोपनि उपस्थिती थियो ।
आइतबारदेखि विधिवत सुरु भई फागुन ८ गतेसम्म चल्ने महायज्ञमा ९ दिन सम्म प्रमुख प्रवचक तथा कथा वाचक साध्वी लक्ष्मी माताले प्रवचन दिने महायज्ञ व्यवस्थापन समितिका रामनारायण कुर्मीले जानकारी दिए । उनका अनुसार महायज्ञमा १०८ कुञ्जमा १०८ वटा मण्डलीले अखण्ड पूजापाठ तथा कीर्तन गरिरहेका छन् ।महायज्ञमा रामचरितमानस पाठ प्रवचन, रामलीला, रासलीला, रामायण पाठसहितका कार्यक्रमहरुपनि भइरहेको उनले बताए ।
९ दिनसम्म सञ्चालन हुने महायज्ञमा दैनिक १० हजार श्रद्धालु भक्तजनका लागि भण्डाराको व्यवस्थापनि गरिएको महायज्ञ व्यवस्थापन समितिका कुर्मीले जानकारी गराए ।
Leave a Reply