कांग्रेस युवा नेता सिंहद्वारा भोजपुरी एल्बम शुटिङ्गको शुभारम्भ

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 168
पढ्न लाग्ने समय : 1 मिनेट

२७ चैत्र, बारा: नेपाली कांग्रेस बाराका युवा नेता लोकेश सिंहले भोजपुरी एल्बमको छायांकन (सुटिङ) को शुभारम्भ गरेका छन् ।

बाराको सिमरास्थित इच्छा होटल परिसरमा आज बुधबार नेपाली कांग्रेस बारा क्षेत्र नम्बर-४ ख का सभापति समेत रहेका युवा नेता सिंहले हिन्दु धर्म परम्परा अनुसार पूजापाठ गरेर एल्बमको सुटिङको शुभारम्भ गरेका हुन् ।

करिब ३ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको उक्त भोजपुरी एल्बममा ८ वटा गीत रहेका छन् । धर्मेन्द्र पटेलको स्वर रहेको उक्त एल्बममा पेटलसंगै भारतीय कलाकार शिवानी यादवको मूख्य अभिनयन रहेको छ ।

  1. एल्बमको सुटिङको शुभारम्भ गर्दै युवा नेता सिंहले समाजलाई सकारात्मक सन्देश दिने गीतसंगीतलाई बढावा दिनुपर्नेमा जोड दिए । उनले कलाकार समाज र देशको गहना भएको भन्दै उनीहरुको कलाको सम्मान गर्नुपर्ने बताए ।