पोर्चुगलमा २५ सय नेपाली कानुनी संकटमा, देश छाड्न निर्देशन

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मङ्गलबार, चैत ३, २०८२-काठमाडौँ — पोर्चुगलमा बसोबास गर्दै आएका करिब २५ सय नेपाली गम्भीर कानुनी समस्यामा परेका छन्। त्यहाँको प्रशासनले कागजात सम्बन्धी अनियमितता देखिएको भन्दै उनीहरूको बसोबास (रेसिडेन्सी) प्रक्रिया रोक्नुका साथै केहीलाई देश छाड्न निर्देशन दिएको छ।

समस्या मुख्यतः ‘पुलिस रिपोर्ट प्रमाणीकरण’ सम्बन्धी कागजातमा नक्कली छाप प्रयोग भएको आशंकासँग जोडिएको छ। पोर्चुगलका निकायहरूले ती कागजातमाथि शंका व्यक्त गरेपछि धेरै नेपालीको वैधानिक प्रक्रिया रोकिएको बताइएको छ।

त्यहाँ रहेका नेपालीहरूले समस्या समाधानका लागि पोर्चुगलस्थित नेपाली दूतावासमा पटक–पटक गुहार मागे पनि ठोस पहल नभएको गुनासो गरेका छन्। उनीहरूले दूतावासले नेपाल सरकार र परराष्ट्र मन्त्रालयसँग प्रभावकारी रूपमा समन्वय नगरेको आरोप पनि लगाएका छन्।

‘फेक पुलिस रिपोर्ट’ भनिएको विषय नेपालमै जारी गरिने कागजातमा नक्कली स्टाम्प प्रयोगसँग सम्बन्धित रहेको जनाइएको छ। यसमा नेपालभित्रै केही बिचौलिया तथा सम्भावित उच्चस्तरीय संलग्नता हुनसक्ने आशंका समेत उठेको छ।

यस घटनाले निर्दोष नेपालीहरूलाई समेत कानुनी संकटमा पारेको भन्दै त्यहाँ रहेका नेपालीहरूले छानबिन र न्यायको माग गरेका छन्।

Leave a Comment