बारा प्रहरीद्वारा सावा लाखको चिनी बरामद

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 72
पढ्न लाग्ने समय : 1 मिनेट
  1. २९ चैत्र,बारा: बारामा प्रहरीले करिब सावा लाख मुल्य बराबरको चिनी बरामद गरेको छ ।
    प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट एक लाख ३२ हजार मुल्य बराबरको चिनी बरामद गरेको हो । ईलाका प्रहरी कार्यालय सिमराबाट खटेको प्रहरी टोलीले बकुलियाबाट ३२ हजार मुल्य बराबरको चिनी बरामद गरेको हो ।
    प्रहरी चौकी मुसहर्वा खटेको प्रहरी टोलीले
    स्थानीय उज्वल यादवको घरबाट करिब एक लाख मुल्य बराबरको २० बोरा चिनी बरामद गरेको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराउनु भयो । बरामद गरिएको चिनीमाथी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।…