बाराको कलैया सुधारकेन्द्रमा एक युवकको मृत्यु

बिश्व खबर
बिश्व खबर पाठक संख्या : 27
पढ्न लाग्ने समय : 1 मिनेट
Oplus_131072

२ फागुन,बारा: बाराको कलैया स्थित एउटा सुधार केन्द्रमा एकजनाको रहस्यमय मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका-१ बैंक रोड स्थित नवजन्म सुधार केन्द्रमा भर्ना भएका कलैया उपमहानगरपालिका-९ का ३२ बर्षीय धिरेन्द्र महतोको रहस्यमय मृत्यु भएको प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

मृतक युवकको शरीरमा कुनैपनी हतियारको घाउ नदेखिएकाले पोस्टमार्टम रिपोर्ट आएपछी हत्याको मृत्युको कारण थाहा हुने प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराए ।

मृतक युवकका परिवारले भने कुटपिटबाट मृत्यु भएको आरोप लगाएका छन ।

प्रहरीले सुधार केन्द्रका संचालक सहित सातजनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

प्रहरीले तमन्ना अली, निरज सर्राफ, सर्फराज मन्सुर, राहुल शेख, सागर गुप्ता, प्रमेश्वर साह, सर्फराज मण्डललाई पक्राउ गरेको छ ।

प्रहरीले सुधार केन्द्रको सिसी क्यामराको फुटेजपनी लिएर मृत्युको कारणबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी गराए।