धनुषा र रौतहटका प्रहरी प्रमुख परिवर्तन, नयाँ एसपीको जिम्मेवारी तोकियो

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

३१ असोज, काठमाडौं ।
प्रहरी प्रधान कार्यालयले मधेश प्रदेशका दुई जिल्लाका प्रहरी उपरीक्षक (एसपी)हरूको हेरफेर गरेको छ।

धनुषाको जिल्ला प्रहरी कार्यालयमा एसपी नरहरि रेग्मीलाई हटाउँदै रुगम कुँवरलाई नयाँ एसपीका रूपमा पठाइएको छ। कुँवर यसअघि मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए। रेग्मी करिब ६ महिनादेखि धनुषाको एसपीका रूपमा कार्यरत थिए।

त्यस्तै, रौतहटमा पनि एसपी नेत्रमणि गिरीको स्थानमा रवीन कार्कीलाई नयाँ एसपीका रूपमा नियुक्त गरिएको छ। कार्की यसअघि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए।

प्रहरी प्रधान कार्यालयले नियमित जनशक्ति व्यवस्थापन तथा जिम्मेवारी अद्यावधिक गर्ने क्रममा यी हेरफेर गरेको जनाएको छ।

Leave a comment