१० चैत २०८२, मंगलबार (March 24, 2026)
काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यले सवारी साधनमा जोर–बिजोर प्रणाली लागू गर्ने तयारी अघि बढाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सरोकारवाला निकायसँग छलफल सुरु गरेको छ। सार्वजनिक तथा निजी दुवै सवारीमा प्रणाली लागू गर्ने विषयमा आन्तरिक छलफल भइरहेको मन्त्रालयले जनाएको छ।
यातायात व्यवस्था विभागले पनि व्यवसायीसँग छलफल अघि बढाएको छ र आज थप परामर्श हुने कार्यक्रम छ।
पेट्रोलियम मूल्य अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि वैकल्पिक उपायबारे सरकार सक्रिय भएको हो। यसअघि कोरोना महामारीका बेला पनि देशभर जोर–बिजोर प्रणाली लागू गरिएको थियो

