यो प्रतिशोध होइन, न्यायको सुरुवात’ : गृहमन्त्री गुरुङ

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

१४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिनु प्रतिशोध नभएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत उनले यो कदमलाई न्यायको सुरुवातको रूपमा व्याख्या गरेका छन्। उनले लेखेका छन्, “पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ। यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ।”

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयपछि गृहमन्त्री गुरुङ सक्रिय भएका हुन्। सोही निर्णयअनुसार प्रहरी परिचालन गरेर ओली र लेखकलाई शनिबार बिहानै निवासबाटै पक्राउ गरिएको हो।

Leave a Comment