अन्तरिम सरकारको ध्यान सुरक्षित सत्ता हस्तान्तरणमा केन्द्रित रहेको अर्थमन्त्री खनालको भनाइ

बिश्वखबर डेस्क
बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

मंसिर ३ ,काठमाडौं ।
अर्थमन्त्री रामेश्वर खनालले अन्तरिम सरकारको मुख्य प्राथमिकता सुरक्षित र व्यवस्थित रूपमा सत्ता हस्तान्तरण सुनिश्चित गर्ने रहेको बताएका छन्।

काठमाडौंमा आयोजित ‘राजस्व प्रणालीमा सुधार : सार्वजनिक–निजी संवाद’ कार्यक्रममा बोल्दै उनले सरकार निर्वाचन सम्पन्न गराउने र त्यसपछिको सत्ता हस्तान्तरणलाई सहज बनाउने लक्ष्यसहित अघि बढिरहेको उल्लेख गरे।

उनका अनुसार अन्तरिम सरकारलाई करका दर हेरफेर गर्ने अधिकार वा उद्देश्य नभएकाले कर संरचनामा कुनै परिवर्तन नगरी संयमित रूपमा काम भइरहेको छ।

खनालले सरकार अनावश्यक विवादबाट टाढा रहँदै कानूनी ढाँचाभित्र आर्थिक प्रशासन सञ्चालनमा केन्द्रित रहेको पनि स्पष्ट पारे।

Leave a comment