ओलीलाई मेडिकल जाँचका लागि टिचिङ अस्पताल लगियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 0 मिनेट

१४ चैत, काठमाडौं । जेनजी आन्दोलनको हिंसात्मक दमनको अभियोगमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि टिचिङ अस्पताल पुर्‍याइएको छ।

शनिबार बिहान गुन्डुस्थित निवासबाट पक्राउ गरिएका ओलीलाई काठमाडौं जिल्ला प्रहरी परिसरबाट अस्पताल लगिएको हो। कानुनी प्रक्रिया सुनिश्चित गर्न काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल प्रहरी परिसरमा उपस्थित थिए।

Leave a Comment