रवि लामिछानेको मुद्दा संशोधनविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुने

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ चैत २०८२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दा संशोधन गर्ने निर्णयविरुद्ध दायर रिट अब सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माअब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो। बहसपछि अदालतले मुद्दा पूर्ण इजलासमा पेश गर्ने आदेश दिएको सर्वोच्च प्रशासनले जनाएको छ।

पूर्वमहान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध केपी शर्मा ओली नेतृत्वको सरकारले लगाएका सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्।

यो निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता युवराज पौडेल, दिनेश त्रिपाठी, र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।

सर्वोच्च अदालतमा दुई परिस्थितिमा रिट वा मुद्दा पूर्ण इजलासमा जान्छ:

दुई न्यायाधीशबीच मतभेद भएमा।

जटिल कानुनी प्रश्न वा मुद्दा पूर्ण इजलासबाट टुंगिनुपर्ने निर्णय संयुक्त इजलासले गरेमा।

यस निर्णयसँगै लामिछानेको मुद्दा अब तीन सदस्यीय पूर्ण इजलासमा पुनः सुनुवाइ हुने तयारीमा छ।

Leave a Comment