१८चैत्र,बारा: मुस्लिम समुदायले आज हर्षोल्लासका साथ इद उल फित्र पर्व मनाइरहेका छन् ।
मस्लिम समुदायले नजिकमा रहेका मस्जिदमा भेला भएर सामुहिक रुपमा प्रार्थना गरी एक आपसमा शुभकामना साटासाट गरेर इद उल फित्र मनाइरहेका हुन् ।
इद उल फित्र मुस्लिम समुदायको महत्वपूर्ण चाडमध्ये एक हो । यो चाड इस्लामिक पात्रो अनुसार एक महिना रमजानभरी गरिएको उपवास (रोजा) को समापनमा मनाइन्छ ।
रोजा राख्ने क्रममा मुस्लिम धर्मावलम्बीहरूले सूर्योदय देखि सूर्यास्त सम्म भोजन, पानी तथा अन्य भौतिक सुख–सुविधाबाट टाढा रहन्छन् । जानकारहरुका अनुसार, यो अवधिमा आध्यात्मिक शुद्धता, दानशीलता, सहानुभूति, तथा आत्मसंयमको अभ्यास गरिन्छ ।
नेपाल सरकारले यस इद उल फित्र पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
मुस्लिम समुदायले आज हर्षोल्लासका साथ मनाउदैछ इद उल फित्र पर्व

Leave a Reply