पक्राउ परेका ओली र लेखकलाई आज अदालत लगिँदै

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, १५ चैत २०८२ – जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी ओलि र  पूर्वगृहमन्त्री रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइने भएको छ।

शनिबार सार्वजनिक बिदा परेकाले उनीहरूलाई सोही दिन अदालत उपस्थित गराइएको थिएन। आज अदालत खुलेपछि दुवै जनालाई पेश गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

गत चैत १४ गते बिहान प्रहरीले भक्तपुरस्थित निवासबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो। पक्राउपछि लाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ भने लाई महाराजगञ्जस्थित प्रहरी गणमा राखिएको छ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन हिंसात्मक बन्दा ठूलो जनधनको क्षति भएको थियो। सो घटनाको छानबिनका लागि गठन गरिएको आयोगले तत्कालीन सरकारका जिम्मेवार व्यक्तिलाई दोषी ठहर गर्दै कारबाही सिफारिस गरेको थियो।

त्यही प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयअनुसार वर्तमान सरकारले दुवै नेतामाथि अनुसन्धान अघि बढाएको हो। पक्राउपछि देशका विभिन्न स्थानमा विरोध प्रदर्शनसमेत भएका छन्।

Leave a Comment