महोत्तरीको मठिहानीमा भीषण आगलागी, १०० घर जलेर नष्ट

बिश्वखबर
बिश्वखबर पाठक संख्या : 59
पढ्न लाग्ने समय : 0 मिनेट

१२ वैशाख, महोत्तरी : महोत्तरीको मठिहानी नगरपालिका- ६ मा भीषण आगलागी भएको छ ।

मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ ।

आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।