आजको मौसमः केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत १८ — देशभर हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस प्रभावका कारण बागमती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि बदली मौसम रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली देखिएको छ।

महाशाखाका अनुसार गण्डकी प्रदेशका केही स्थानसहित कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ।

आज दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थान तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ। साथै कोशी र गण्डकीका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान र सुदूरपश्चिमका हिमाली भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

Leave a Comment