शुक्लाफाँटा निकुञ्जपीडितको अर्धनग्न प्रदर्शन, जग्गा सट्टाभर्ना माग चर्कियो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

कञ्चनपुर, ९ वैशाख — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडित स्थानीय बासिन्दाले आफ्ना माग पूरा गर्न दबाब दिन अर्धनग्न प्रदर्शन गरेका छन्। उनीहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि विरोध जनाएका हुन्।
पीडितहरूले दशकौँदेखि जग्गा सट्टाभर्ना नपाएको भन्दै आन्दोलन चर्काएका छन्। २०३३ सालमा तत्कालीन आरक्ष स्थापना गर्दा स्थानीयको जमिन अधिग्रहण गरिएको थियो। त्यसपछि आरक्ष विस्तार हुँदै राष्ट्रिय निकुञ्जमा रूपान्तरण भए पनि प्रभावित परिवारहरूले अहिलेसम्म उचित क्षतिपूर्ति र जग्गा नपाएको गुनासो गरेका छन्।
आन्दोलनरत शुक्लाफाँटा आरक्ष पीडित जिल्ला संघर्ष समितिले कम्तीमा १० कट्टा जमिन उपलब्ध गराउन, विगतदेखिको क्षतिपूर्ति सुनिश्चित गर्न र पीडितहरूलाई एकीकृत रूपमा व्यवस्थापन गर्न माग राखेको छ।
त्यस्तै, आधारभूत सेवा–सुविधा निःशुल्क र सुनिश्चित गर्न, पीडितहरूलाई एउटै वडामा समेट्न तथा ‘द्वन्द्वपीडित’सरह मान्यता दिनुपर्ने उनीहरूको माग छ।
सरकारले लामो समयदेखि सम्बोधन नगरेका कारण आफूहरू कडा आन्दोलनमा उत्रिन बाध्य भएको पीडित पक्षको भनाइ

Leave a Comment