वीरगन्ज- चैत्र १८ बुधवार-ज्ञानदा भिजनरी युनाइटेड क्लब द्वारा एकदिवसीय योगा तथा मेडिटेसन कार्यक्रम ज्ञानदा एकेडेमीको सभाहलमा भव्यताका साथ सम्पन्न भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा योगा तर्फ विगत १० वर्षदेखिको योगा प्रशिक्षणमा अनुभव बटुलेका विद्यालयका खेलकूद प्रशिक्षक नरेन्द्र पटेलले प्रशिक्षण दिनु भएको थियो । त्यस्तै मेडिटेसन तर्फ विगत ३४ वर्ष देखि अनुभव बटुलेका ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले प्रशिक्षण दिनु भएको थियो ।
मेडिटेसनले कसरी तनाव मुक्त भएर कामप्रति एकाग्र हुन सकिन्छ भन्ने अनुभव प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा ज्ञानदा भिजनरीजका अध्यक्ष युवराज चौधरीले प्रशिक्षक द्वय पटेल र कोइरालालाई प्रशंसा पत्र प्रदान गरेका थिए ।
प्रशिक्षणको क्रममा योगाका विभिन्न चरणहरु तथा मेडिटेसनका विभिन्न तरिकाहरुको प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका students शिक्षक र कर्मचारी गरी १०० जनाको सहभागीता रहेको थियो ।
अत्यन्तै लाभदायक र यसले दैनिक जीवनमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र सकारात्मक उर्जाको भावना जागृत गर्ने कुरा प्रशिक्षणमा सहभागी भएका एकजनाले व्यक्त गरे ।
” ज्ञानदा भिजनरी युनाइटेड क्लब द्वारा एकदिवसीय योगा तथा मेडिटेसन कार्यक्रम सम्पन्न”
Leave a Comment
Leave a Comment

