काठमाडौं, साउन १६ — पाकिस्तानको ब्रड पिक क्षेत्रमा भएको पर्वतारोहण दुर्घटनामा मृत्यु भएका तीन जनाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गर्न हेलिकप्टरमार्फत अस्पताल लगिएको छ।
बीबीसीका अनुसार शुक्रबार फेला परेका मृतकमध्ये ३९ वर्षीय गाइस अमेरिकाको टेक्सास राज्यस्थित सान एन्टोनियोका निवासी थिए।
दुर्घटनामा परेको १० सदस्यीय पर्वतारोहण टोलीमध्ये अझै सात जनाको अवस्था खुल्न सकेको छैन।
पाकिस्तान अल्पाइन क्लबका अनुसार हवाई ड्रोनबाट ब्रड पिक क्षेत्रमा केही व्यक्तिहरू देखिए पनि उनीहरू जीवित छन् वा छैनन् भन्ने पुष्टि हुन बाँकी छ।
उद्धार टोलीले शनिबारदेखि पुनः खोज तथा उद्धार अभियान सञ्चालन गर्ने जनाएको छ। अभियान अघि बढेपछि मात्रै बेपत्ता पर्वतारोहीहरूको अवस्था यकिन हुने अपेक्षा गरिएको छ।
पाकिस्तानको ब्रड पिकमा दुर्घटना : तीन जनाको शव अस्पताल पठाइयो, सात आरोही अझै बेपत्ता
Leave a Comment
Leave a Comment

