पश्चिम एसियामा फसेका नेपालीका लागि नेपाल एयरलाइन्सको विशेष उडान

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

काठमाडौं, चैत २० — पश्चिम एसियामा उत्पन्न द्वन्द्वका कारण समस्यामा परेका नेपाली नागरिकलाई लक्षित गर्दै सरकारले तीन दिनका लागि विशेष उडान सञ्चालन गर्ने भएको छ।

नेपाल एयरलाइन्सले आज काठमाडौं–दुबई उडान गर्नेछ भने भोलि दुबई–काठमाडौं र आइतबार काठमाडौं–दमाम–काठमाडौं उडान गर्ने तालिका छ।

सरकारका अनुसार उक्त उडानमार्फत स्वदेश फर्किन नपाएका तथा गन्तव्य मुलुक जान नपाएका नेपालीलाई सहजीकरण गरिनेछ।

यस निर्णयअघि परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय, प्राधिकरण र नेपाल एयरलाइन्सका अधिकारीबीच छलफल भएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि विशेष उडानको व्यवस्था गरिएको हो।

पश्चिम एसियामा बढ्दो असुरक्षाका कारण नियमित उडान फेब्रुअरी २८ देखि बन्द छन्।

Leave a Comment