काठमाडौं, चैत २३ – गुण्डागर्दी आरोपमा रेम्बो भनिने कोर्तु गुरुङ पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका १७ पकनाजोल निवासी ४० वर्षीय गुरुङलाई प्रहरीले आइतबार राति ठमेल क्षेत्रबाट पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले गुरुङ पक्राउ परेको पुष्टि गर्दै उनीमाथि अनुसन्धान भइरहेको बताएका छन्।






