वीरगञ्जमा निषेधाज्ञा जारी

बिश्वखबर
पढ्न लाग्ने समय : 1 मिनेट

पर्सा, २३ भदौ ।
पर्साका प्रमुख जिल्ला अधिकारी टोपनाथ सुवेदीले आज राति ९ बजेदेखि भोलि बिहान ९ बजेसम्म वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी गरेका छन्।

जारी आदेशअनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम वीरगञ्जको निश्चित क्षेत्रभित्र व्यक्तिको हिँडडुल, सवारीसाधनको आवतजावत तथा सभा, जुलुस, प्रदर्शन, भेला, चेकजाँच लगायतका गतिविधि पूर्णरूपमा निषेध गरिएको छ।
पूर्व बाईपास रोड,पश्चिम सिर्सिया पुल ,उत्तर गण्डक चौक ,दक्षिण शंकराचार्य गेट निषेधाज्ञा लागू गरिएको छ।

प्रशासनले सुरक्षाको दृष्टिले सो निर्णय गरिएको जनाएको छ। आदेश उल्लङ्घन गर्ने व्यक्तिमाथि कानूनी कारबाही हुने चेतावनी समेत दिइएको छ।

Leave a Comment