१४ वैशाख, काठमाडौं : प्रहरी प्रधान कार्यालयले ६ जना एसएसपीको सरुवा गरेको छ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा प्रधान कार्यालयले ६ जना एसएसपीको सरुवा गरेका हो ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिईएको छ ।
उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराईलाई राठोरको स्थानमा ल्याईएको ।
प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभयनारायण काफ्लेलाई कोशी प्रदेश तालिम निर्देशनालयमा पठाइएको छ ।
कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।