सातदोबाटो दुर्घटना: ट्रकको ठक्करबाट पूर्व सशस्त्र एसपीसहित आमाको ज्यान गयो

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट
sf7df8f}+, k'if @* /f;; xjfO{ hxfhjf6 b]lvPsf] sf7df8f}+ pkTosfsf] ;fTbf]jf6f] j/k/ /x]sf] ;x/sf] b[Zo . tl:a/ M k|bLk/fh jGt,/f;;

काठमाडौँ — ललितपुरको सातदोबाटो क्षेत्रमा मंगलबार भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

दिउँसो करिब १ बजेको समयमा सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको ट्रकले सोही दिशामा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

ज्यान गुमाउनेमा ६५ वर्षीय बिदुर गुरुङ र उनकी ८४ वर्षीया आमा धनमाया गुरुङ रहेका छन्। गुरुङ सुनसरीका स्थायी बासिन्दा भए पनि हाल ललितपुरको सानेपामा बसोबास गर्दै आएका थिए। उनी सशस्त्र प्रहरी बलका अवकाशप्राप्त एसपी हुन् भने उनकी आमा मोटरसाइकलको पछाडि सवार थिइन्।

दुर्घटनापछि घाइते अवस्थामा दुवैलाई तत्काल अल्का अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन्।

प्रहरीका अनुसार मधेश प्रदेश–०३–०००१ ख ०६ नम्बरको ट्रकले बागमती प्रदेशको बा ए एए ९५४२ नम्बरको मोटरसाइकललाई सडकको साइड लेनमा ठक्कर दिएको हो।

दुर्घटनामा संलग्न ट्रकका चालक बाराको जितपुर सिमरा–१२ का ३३ वर्षीय बिनोद खा थारुलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ।

Leave a Comment