वैशाख १४ देखि कक्षा १२ परीक्षा : राष्ट्रिय परीक्षा बोर्डद्वारा तालिका सार्वजनिक

बिश्वखबर डेस्क
पढ्न लाग्ने समय : 1 मिनेट

५ फागुन, काठमाडौं । ले २०८२ सालको कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। बोर्डले मंगलबार सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार परीक्षा वैशाख २७ गतेसम्म चल्नेछ।

सूचनामा आकस्मिक बिदा परे पनि परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचना बिना परीक्षा स्थगित नहुने उल्लेख गरिएको छ। निर्धारित तालिकामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः परीक्षा सञ्चालन नहुने बोर्डले स्पष्ट पारेको छ।

गत वर्ष भने परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको थियो। को आन्दोलनका कारण परीक्षा कार्यक्रम प्रभावित हुँदै केही विषयको परीक्षा सारिएको थियो।

यस वर्ष बोर्डले समयमै तालिका सार्वजनिक गर्दै तयारीमा जुट्न विद्यार्थी र विद्यालयलाई आग्रह गरेको जनाएको छ।

Leave a Comment